स्वदेशी लघुवित्तका शेयरधनीले लाभांश नपाउने

0
Shares

स्वदेशी लघुवित्त वित्तीय संस्था (SDESI) ले गत आर्थिक वर्ष २०७६/७७ को कमाईबाट शेयरधनीले बोनस अथवा नगद कुनैपनि लाभांश नपाउने भएका छन् ।

लघुवित्त सञ्चालक समितिको भदौ २४ गते सम्पन्न ९१ औं बैठकले आव २०७६/७७ बाट शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरणका लागि प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ ।

बुधबार सम्पन्न सो बैठकले आव २०७६/७७ को वासलात आम्दानी तथा नाफा नोक्सान हिसाब लगायत विवरण सहितको वार्षिक एकीकृत वित्तीय विवरण र सोसँग सम्बन्धित अनुूसुचीहरु सञ्चालक समितिबाट स्वीकृत गरी गरी नियामक निकाय नेपाल राष्ट्र बैंकमा वार्षिक साधारण सभा गर्न स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ।

स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआइसी एशिया लघुवित्त एक आपसमा मर्जर प्रकृयामा रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ भदौ २०७७, बिहीबार  १२ : ३४ बजे