नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपनि बिहीबारको शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ भने २ अर्ब बढीको शेयर किनबेच भएको छ ।
बिहीबार बजार खुलेको केहिबेरमा नै कारोबार प्रणालीमा समस्या आएपछि समस्या पहिँचान र सुधारका लागि झण्डै दुई घण्टा कारोबार स्थगित भएको थियो ।
कारोबार प्रणालीमा देखिएको समस्या समाधान पश्चात खुलेको बजारमा उच्चदरले बढेर १५३२ अंकसम्म पुगेको थियो । त्यसपछि करेक्सन आएको बजार १५२० अंकमा बन्द भएको छ ।
Market Summary | |
Total Turnover Rs: | 2,170,068,283 |
Total Traded Shares | 4,262,698 |
Total Transactions | 29,435 |
Total Scrips Traded | 189 |
बिहीबार नेप्से १२.४९ अंकले बढेर एक हजार ५२०.६९ मा पुगेको छ । नेप्से ०।८३ प्रतिशतले बढेको हो । कूल १८९ वटा कम्पनीको ४२ लाख ६२ हजार ६ सय ९८ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब १७ करोड ६८ हजार ६ रुपैयाँको कारोबार भएकोे छ । बुधबार पनि नेप्से दोहोरो अंकले उकालो लागेको थियो ।
यसदिन कारोबारमा आएका कूल १२ उपसमूहमध्ये व्यपार, होटल र म्युचुअल फण्ड बाहेक अन्य बाँकी सबै समूहका सूचक बढेका छन् ।
राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी संस्थापकको शेयर, एनआरन इन्फ्रास्टक्चर र एनआरएन लघुवित्तको शेयर मूल्य सबैभन्दा दश प्रतिशतका दरले बढेको छ । एनआरन इन्फ्रास्टक्चरको शेयरमा सुरुवाति कारोबारमा नकारात्मक रहेको थियो।
TOP GAINERS
Symbol | LTP | Point Change | % Change |
As of 2020-09-10 17:00:00 | |||
RBCL | 11,954.00 | 1,086.00 | 9.99 |
RBCLPO | 10,458.00 | 950.00 | 9.99 |
RLI | 411.00 | 37.00 | 9.89 |
NRN | 389.00 | 35.00 | 9.89 |
NLBSL | 884.00 | 74.00 | 9.14 |
EIC | 545.00 | 41.00 | 8.13 |
NFS | 185.00 | 13.00 | 7.56 |
RSDC | 584.00 | 38.00 | 6.96 |
SDLBSL | 904.00 | 51.00 | 5.98 |
EBLCP | 708.00 | 39.00 | 5.83 |
सबैभन्दा बढी नेपाल पुनर्बिमा कम्पनीको १७ करोड २१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नागरिक लगानी कोष ९ करोड २३ लाखको कारोबार हुँदा नेपाल लाइफ र सूर्यालाइफको पनि उच्च कारोबार भयो ।
यसदिन नविल इक्विटी फण्डको इकाई मूल्य सबैभन्दा धेरै ओरोलो लागेको छ । आशा लघुवित्त र साल्ट्र ट्रेडिङको शेयरमूल्य पनि धेरै घट्नेमा परेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया