सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो, यस्तो छ दरभाउ

0
Shares

पछिल्ला दिनमा मूल्यमा तीब्र उतार चढाव आइरहेको सुनचाँदीको भाउ सोमबार भने बढेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ४०० सय रुपैयाँ तथा चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।

महासंघले सोमबारको लागि छापावाला सुनको मूल्य ९६ हजार ९०० रुपैयाँमा तथा तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । यस्तै चाँदीको भाउ प्रतितोला १ हजार ३२० रुपैयाँ निर्धारण गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।