हालसम्म २० कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १८ र दुई क्यापिटलले लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये समता लघुवित्तले सबैभन्दा धेरै २० प्रतिशत बोनस सहित २६.२३ प्रतिशत लाभांश वितरण गरेको छ भने आरएमडिसी लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सबैभन्दा कम कुमारी क्यापिटल र ग्लोबल आइएमई समुन्नत स्कीम १ ले समान ४ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएका छन्।
लाभांश घोषणा गरेका कम्पनीमध्ये नेशनल लाइफ र एनएलजी इन्स्योरेन्स कम्पनी अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट लाभांश घोषणा गरेका हुन् भने बाँकी १८ कम्पनीले गत आव २०७६/७७ को लाभांश घोषणा गरेका हुन्।
बीस कम्पनीमध्ये ९ कम्पनीले लाभांशको बुकक्लोज गरिसकेका छन् । ग्लोबल आइएमई समुन्नत स्कीम १ असोज ९ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । १० कम्पनीको बुकक्लोज घोषणा हुन बाँकी छ ।
सूचीकृत नरहेको कुमारी क्यापिटल बाहेक बुकक्लोज हुन बाँकी ९ सूचीकृत कम्पनीको शेयर खरीद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया