गरिमा विकास बैंक व्यवसाय विस्तारमा आक्रमक बन्दै, एकैदिन संचालनमा ल्यायो ६ नयाँ शाखा

0
Shares


गरिमा विकास बैंक (GBBL) ले आफ्नो व्यवासय विस्तार गर्ने क्रममा ०७७ आश्विन १ गते काठमाण्डौ उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाण्डौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

यस संगै विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा ९७ शाखा पुगेका छन । बैंकले ५१ एटीएम र गरिमा रेमिटका १० हजार भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।