नेपाल बैंकले बोलायो विशेष साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

0
Shares

नेपाल बैंक (NBL) ले असोज १९ गते सोमबार विशेष साधारण सभा आह्वान गरेको छ। बैंकको विशेष साधारण सभा प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा भिडियो कन्फ्रेन्स मार्फत हुने बैंकले जनाएको छ।

 

भदौ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सो सभामा सहभागी हुन चाहने शेयरधनीलाई जुम आईडी तथा पासकोड उपलब्ध गराउने बैंकले जानकारी गराएको छ ।

उक्त सभाले नयाँ संचालक समिति चयन सम्बन्धीको व्यवस्था परिमार्जन गर्नेछ । बैंकले संचालक समितिमा नेपाल सरकारबाट मनोनित ३ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना निर्वाचित हुने व्यवस्था गर्न लागेको हो ।

बैंकले नयाँ व्यवस्था अनुसार सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट ३ जनामा घटाउने र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बढाई ३ जना कायम गर्न नियमावली संशोधन गर्ने विशेष प्रस्ताव राखेको छ ।

त्यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई सभाले पारित गर्ने भएको छ ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले सोज ८ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएका शेयरधनीले मात्र बैंकको विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।