सानिमा जनरललाई ३० करोडको आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

सानिमा जनरललाई ३० करोडको आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि ३० करोडको प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

धितोपत्र बोर्डले सोमबार कम्पनीलाई एक सय रुपैयाँ अंकित दरका ३० करोड बराबरको ३० लाख कित्ता आइपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।

कम्पनीको आईपीओ एनआईसी एशिया क्यापिटललाई निष्काशन गर्नेछ ।

सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो ।

कम्पनी निष्काशनले गर्न लागेको उक्त आईपीओलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी वीवी प्लस' रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असोज २०७७, सोमबार १६ : ४६ बजे