वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन सर्वोच्चको आदेश

0
Shares

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयन विरूद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको हो। सर्वाेच्चले दुबै पक्षलाई असोज १४ गते छलफलका लागि बोलाएको छ । 

गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय बिरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले गत सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसमा गौतमलाई १ असोजमा राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असाेज २०७७, बुधबार  १८ : १३ बजे