नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा यो साताको अन्तिम कारोबार दिन बिहीबार कारोबारमा आएका २८ कम्पनीमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर छ।
आजको प्रि-ओपनिङ्गमा एक हजार ५२६ कित्ता शेयर ३ लाख ५० हजार १६८ रुपैयाँमा खरीद बिक्री भएको छ । शेयर मूल्य बढ्ने अधिकांशको मूल्य चार प्रतिशत बढीले उकालो लागेको छ । नेप्से ९.७९ अंकले बढेर १ हजार ५६५ दशमलव ३१ बिन्दुमा बन्द भएको छ ।
नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैक, नाडेप लघुवित्त, मुक्तिनाथ विकास बैंक, युनाइटेड फाइनान्स, वेस्ट फाइनान्स लगायतको शेयरमूल्य पाँच प्रतिशतको हाराहारीमा बढेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया