जलविद्युत कम्पनीहरुको माग बढ्दा अधिकांसको मूल्य र कारोबार बढ्यो

0
Shares

शेयर बजारमा सूचीकृत जलविद्युत कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दा अधिकांस जलविद्युत कम्पनीहरुको शेयर मूल्य बढेर कारोबार भएको छ।

बजारमा जलविद्युत कम्पनीहरुको शेयरको माग बढ्दा एक दर्जन जलविद्युत कम्पनीहरुको शेयर मूल्य नौ प्रतिशत बढीले बढेको छ । कुल ९४ कम्पनीको शेयर मुल्य बढेकोमा मूल्य बढ्नेमा अधिकांस जलविद्युत समूहका रहेका छन् । यसदिन जलविद्युत समूहको सूचक समेत ४.४९ प्रतिशतले बढेको छ ।

यसदिन एपि हाइड्रो, माउन्टेन, हिमाल दोल्खा, सिनर्जी, दिव्यश्वरी, वरुण, अरुण भ्याली लगायतको झण्डै दश प्रतिशतकादरले बढेको छ । शेयरमूल्य उच्चदरले बढ्ने १० कम्पनीको सूचीमा सबै जलविद्युत समूहका रहेका छन् ।

 

Symbol LTP Point Change % Change
 
API 180.00 16.00 9.76
MHNL 124.00 11.00 9.73
HDHPC 102.00 9.00 9.68
SPDL 204.00 18.00 9.68
DHPL 91.00 8.00 9.64
BARUN 149.00 13.00 9.56
AHPC 197.00 17.00 9.44
KKHC 93.00 8.00 9.41
CHL 140.00 12.00 9.38
UMHL 152.00 13.00 9.35

बिहीबारको बजारमा उच्च कारोबार हुने कम्पनीमा जलविद्युत समूहकै अरुण काबेलीले अग्रता लिँदा शेयर संखयाको हिसाबले धेरै कारोबार हुनेमा पनि जलविद्युत कम्पनीहरु नै अगाडि देखा परेका छन् । कारोबार रकमका आधारमा सबैभन्दा धेरै अरुण काबेलीको चौध करोड बढीको किनबेच भयो । अपर तामाकोशीको पनि साढे ९ करोड बढीको कारोबार भयो ।

 

Symbol Turnover Closing Price
 
AKPL 147,864,412.00 218.00
UPPER 95,936,150.00 293.00
NRIC 93,824,698.00 864.00
AHPC 89,257,354.00 197.00
NBL 85,189,101.00 326.00
API 72,609,060.00 180.00
NHPC 53,173,478.00 87.00
CHCL 51,612,471.00 515.00
CIT 50,562,676.00 3,498.00
SHPC 49,098,669.00 300.00
View All

यस्तै कारोबार भएका शेयर संख्याका आधारमा अधिकांस जलविद्युत कम्पनी अगाडि देखा परेका छन । सबैभन्दा धेरै अरुण काबेलीको ६ लाख ९१ हजार बढी कित्ता किनबेच भयो । नेशनल हाइड्रो, अरुण भ्याली, एपी पावर तथा अपर तामाकोशी लगायतको धरै शेयर किनबेच भएको छ ।

 

Symbol Shares Traded Closing Price
 
AKPL 691,961.00 218.00
NHPC 611,280.00 87.00
AHPC 460,026.00 197.00
API 411,213.00 180.00
CMF1 332,000.00 11.08
UPPER 330,655.00 293.00
HIDCL 282,507.00 176.00
UPCL 268,085.00 115.00
NBL 260,925.00 326.00
RHPC 211,991.00 155.00
 

बिहीबारको शेयर बजार मापक सूचक नेप्से ५.७४ अंकले बढेर १ हजार ५६१ दशमलव २७ अंकमा बन्द भएको छ । नेप्सेमा सुधार आएसँगै कारोबार रकम समेत बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १९३ कम्पनीका ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर ४५ हजार ८३४ पटक किनबेच हुँदा २ अर्ब २३ करोड ३४ लाखरुपैयाँ बराबरको कारोबार भएको हो । यसदिन ९४ कम्पनीको शेयरमूल्य बढ्दा ७३ को घटेको छ भने २६ को यथावत रह्यो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।