नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित राष्ट्र बैंकका ५ जना उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार डेपुटी गभर्नर शिवराज श्रेष्ठ र राष्ट्र बैंक सुपरभिजन विभागका चार जना उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
साथै श्रेष्ठका सवारी चालकलाई समेत कोरोना पुष्टि भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
राष्ट्र बैंकका उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च अधिकारीहरु कन्ट्रयाक्ट ट्रेसीङमा परेका छन् ।
केहि समय अघि पनि गभर्नर अधिकारी कोरोनाको आंशकामा भैसेपाटीस्थित आफ्नै निवासमा क्वारिण्टिनमा बसेका थिए ।
यसअघि बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया