सस्ता कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण, कारोबार र सूचकमा सुधार

0
Shares

शेयर बजारका लगानीकर्ता सस्ता कम्पनीहरुको शेयरप्रति आकर्षति हुँदा समग्र बजारमा सकारात्मक प्रभाव परेको छ । आइतबारको बजारमा आईपीओकै हाराहारीमा शेयर मूल्य भएका कम्पनीहरुको माग बढ्दा मूल्य समेत बढेको छ ।

आईपीओकै मूल्यको आसपासमा रहेका कम्पनीहरुको भाउ बढ्दा केहि कम्पनीहरुको शेयरमूल्य धेरैपछि प्रतिकित्ता एक सय रुपैयाँ माथि उक्लिएको छ । अझैपनि केहि जलविद्युत कम्पनीहरुको शेयर मूल्य भने सय रुपैयाँ तल नै रहेको छ । आजको बजारमा पनि विशेषगरी सस्ता मूल्य भएका जलविद्युत कम्पनी र फाइनान्स कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

ठूला कम्पनीहरुमा प्रफिट बुकिंङ गरिसकेका लगानीकर्ताहरु ठूला कम्पनीहरुको भाउ घट्ने पर्खाइमा बसिरहदा साना लगानीकर्ताको शेयरमा लगानी बढाउन थालेका छन् । गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गर्ने सुरुवात भएकाले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।

शेयर बजारमा सबैभन्दा महङो मूल्य भएको युनिलिभिरको लाभांश घोषणा गरेपछि सबैभन्दा धेरैले शेयरमूल्य घटेको छ । कम्पनीको शेयर मूल्य ७ प्रतिशत बढीले घटेको छ ।  यसदिन वेस्ट फाइनान्स, माउन्टेन हाइड्रो, नेपाल फाइनान्स, रैराङ हाइड्रो, घलेम्दी, वरुण, आँखुखोला लगायतको शेयर मूल्य दश प्रतिशतका हाराहारीमा बढेको छ । शेयरमूल्य उच्चदरले बढ्ने १० कम्पनीको सूचीमा अधिकांस जलविद्युत समूहका रहेका छन् ।

TOP GAINERS

Symbol LTP  Point Change % Change
As of 2020-09-27 15:00:00
BFC 133.00 12.00 9.92
MHNL 136.00 12.00 9.68
NFS 218.00 19.00 9.55
RRHP 161.00 14.00 9.52
GHL 104.00 9.00 9.47
BARUN 163.00 14.00 9.40
AKJCL 105.00 9.00 9.38
KRBL 120.00 10.00 9.09
GUFL 145.00 12.00 9.02
HURJA 140.00 11.00 8.53

आइतबार बजारमा उच्च कारोबार हुने कम्पनी मिश्रित देखिएका छन् । ४७ करोड बढीको बल्क ट्रेडिङमा शेयर बिक्री हुँदा सोल्टी होटलको सबैभन्दा उच्च कारोबार भएको छ ।

सोल्टी होटलको एकैदिन यसकारण भयो उच्च शेयर कारोबार

हिमाल दोलखा हाइड्रोपावरको १४ करोड बढीको शेयर किनबेच भएको छ । कम्पनीको शेयरमूल्य झण्डै ६ प्रतिशतले बढेको छ । कुमारी बैंक, सिभिल बैंक, पुर्नबीमा कम्पनी, अपि, नागरिक लगानीकोष लगायतको उच्च कारोबार भएको छ ।

युनिलिभरको सबैभन्दा धेरै ७ प्रतिशत बढीले शेयर कारोबार घटेको बजारमा युनाइटेड मोदी हाइड्रो, युनाइटेड फाइनान्स तथा रीडी हाइड्रो लगायतको शेयर भाउ धेरै घटेको छ ।

TOP LOSERS

Symbol    LTP Point Change % Change
As of 2020-09-27 15:00:00
UNL 18,025.00 -1,379.00 -7.11
UMHL 144.00 -8.00 -5.26
UFL 249.00 -13.00 -4.96
RHPC 148.00 -7.00 -4.52
GMFBS 815.00 -35.00 -4.12
RHPL 190.00 -8.00 -4.04
IGIPO 304.00 -12.00 -3.80
SJCL 179.00 -7.00 -3.76
HPPL 198.00 -7.00 -3.41
LEC 216.00 -7.00 -3.14

यसदिन नेप्से ४.२९ अंकले बढेर १ हजार ५६५ दशमलव ५५ अंकमा बन्द भएको छ । नेप्सेमा सुधार आएसँगै कारोबार रकम समेत बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १९१ कम्पनीका एक करोड ९९ लाख ७२ हजार ३११ कित्ता शेयर ४२ हजार १०८ पटक किनबेच हुँदा ३ अर्ब १३ करोड ८२ लाखरुपैयाँ बराबरको कारोबार भएको हो । यसदिन ९० कम्पनीको शेयरमूल्य बढ्दा ८७ को घटेको छ भने १४ को यथावत रह्यो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ११ असाेज २०७७, आइतबार  १५ : २१ बजे