नेप्से दोस्रो दिन पनि घट्यो, जलविद्युत कम्पनीको शेयरमा भने आकर्षण

0
Shares

शेयर बजार सूचक मापक नेप्से दोस्रो दिन पनि घटेको छ । सोमबार ४.७२ अंकले घटेको नेप्सको गिरावट मंगलबार बढेर ७.२१ अंकमा पुगेको छ । घट्दो बजारमा जलविद्युत कम्पनीको शेयरमूल्यमा भने लगानीकर्ता आकर्षित बनेका छन् । जसले शेयरमूल्य बढ्ने अधिकांश कम्पनी यसै उपसमूहका रहेका छन् ।

लामो समयदेखि अंकित मूल्यभन्दा तल झरेका जलविद्युत कम्पनीको शेयरको भाउ बढ्न थालेपछि विस्तारै अंकित मूल्यभन्दा माथि पुग्न थालेको छ ।

मंगलबार कारोबार रकम १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सोमबार १ अर्ब ६९ करोडको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम १३ करोड रुपैयाँले बढेको हो ।

आज कुल १९२ कम्पनी ७३ लाख ५ हजार १११ कित्ता शेयर ३३ हजार ९३३ पटक खरीद बिक्री भएको छ । कारोबारमा आएका तीन उपसमूहका सूचक सकारात्मक बनेको बजारमा ९ वटा उपसमूहको सूचक ऋणात्मक रहेको छ ।

आज निर्जीवन बीमा उपसमुहको परिसूचक सबैभन्दा बढी ४४.९९अंकले घट्दा जीवन बीमा समुहको परिसूचक ४२.९६ अंकले ओरालो लागेको छ । लघुवित्त १३..५८ अंकले घट्दा बैंकिङ र होटल समान १० अंक बढीले घटेका छन् । घट्दो बजारमा जलविद्युत समुहको परिसूचकमा भने २८ अंकको वृद्धि भएको छ ।

बजार खुलेदेखि नै ओरालो गति समातेको नेप्से बजारको अन्त्यसम्म नै परिसूचक घटेर बन्द भएको छ । बीचमा केही सुधारको लक्षण देखिएपनि बिक्री चाप उच्च हुँदा बजारमा सूचक घट्न दबाब परेको थियो।

अधिकांश जलविद्युत कम्पनीको शेयरमूल्य बढ्यो

मंगलबार सूचक घटेपनि अधिकांश कम्पनीके शेयरमूल्य बढेको छ । जोशी, हिमालयन उर्जा, आँखुखोला, घलेम्दी, युनाइटेड मोदी, युनिभर्सल पावर, नेपाल फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, युनियन, र छ्याङ्दी हाइड्रोपावर कम्पनीके शेयरमूल्य सकारात्मक सर्किट लेबल (करिब १० प्रतिशत) मा बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-09-29 15:00:00
JOSHI 110.00 10.00 10.00
HURJA 155.00 14.00 9.93
AKJCL 111.00 10.00 9.90
GHL 111.00 10.00 9.90
UMHL 158.00 14.00 9.72
UPCL 125.00 11.00 9.65
NFS 262.00 23.00 9.62
PMHPL 137.00 12.00 9.60
UNHPL 105.00 9.00 9.38
CHL 152.00 13.00 9.35

सर्पोट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सको धेरै घट्यो

आजको बजारमा सर्पोट माइक्रोफाइनान्स रिलायन्स फाइनान्स, र श्री इन्भेष्ट फाइनान्स कम्पनीको शेयरमूल्य घेरै घटेको छ । तीववटै कम्पनीको ३ प्रतिशत धेरैले मूल्य घटेको हो ।

साल्ट ट्रेडिङ्ग, इन्फिनिटी लघुवित्त, गुहेश्वरी मर्चेनट, सिटिजन्स बैंक, एनसीसी बैंक र आइसीएफसी फाइनान्सको शेयरमूल्य पनि २ प्रतिशत धेरैले ओरालो लाग्यो ।

Symbol LTP Point Change % Change
As of 2020-09-29 15:00:00
SMB 852.00 -32.00 -3.62
RLFL 163.00 -6.00 -3.55
SIFC 176.00 -6.00 -3.30
STC 3,448.00 -97.00 -2.74
ILBS 813.00 -20.00 -2.40
GMFIL 165.00 -4.00 -2.37
CZBIL 208.00 -5.00 -2.35
NCCB 215.00 -5.00 -2.27
ICFC 191.00 -4.00 -2.05
NADEP 744.00 -15.00 -1.98
 

अरुण कावेली पावरको उच्च कारोबार

आजको बजारमा अरुण कावेली पावरको सबैभन्दा धेरै ९ लाख ३० हजार कित्ता शेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य १३ रुपैयाँले बढ्दै १७ करोड ४१ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको हो ।

यसैगरी हिमाल दोलखा हाइड्रोपावरको १० करोड २२ लाख, नेपाल रि-इन्स्योरेन्सको ७ करोड ८१ लाख, अरुण भ्यालीको ७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

एचआईडिसीएल, नेपाल बै.क, युनिभर्सल पावर कम्पनी, अपि पावर र नेशनल हाइड्रोपावर र कुमारी बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो रकमको कारोबार भएको कुमारी बैंकको ३ करोड ३८ लाखको शेयर कारोबारमा आएको हो ।

Symbol Turnover Closing Price
As of 2020-09-29 15:00:00
AKPL 174,184,239.00 228.00
HDHPC 106,276,137.00 119.00
NRIC 78,161,176.00 853.00
AHPC 70,770,990.00 209.00
HIDCL 45,642,393.00 180.00
NBL 42,944,178.00 328.00
UPCL 40,239,824.00 125.00
API 38,808,591.00 194.00
NHPC 36,532,757.00 90.00
KBL 33,834,198.00 212.00

प्रकाशित मिति: १३ असाेज २०७७, मंगलबार  १६ : ०८ बजे