युनाइटेड फाइनान्सले ल्यायो चाडपर्व लक्षित ‘यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप’ योजना

0
Shares

युनाइटेड फाइनान्सले आकषर्क ब्याजदरमा लामो समायावधिको ‘यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप’ योजना संचालनमा ल्याएकोछ ।

नेपालीहरुको महान पर्व वडा दशै, तिहार तथा छठ पर्वको पावन अवसरमा नयाँ योजना सार्वजनिक गरेको फाइनान्सले जनाएको छ । यस योजनामा व्यक्ति तथा संध संस्थाहरु सहभागी हुन पाउनेछन ।

नेपालको प्रतिष्ठत व्यापारिक घरानाको लगानीको साथ साथै भारतको प्रतिष्ठित मुथुट फाइनान्स समेतको रणनीतिक साझेदार रहेको फाइनान्सले नेपालभर रहेको आफ्नो २२ शाखा तथा मुख्य कार्यलय बाट वित्तीय सेवा दिँदै आएको छ ।

फाइनान्सले व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागी बिभिन्न प्रकारका आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य बिभिन्न कर्जा सुबिधा, डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुबिधाको साथसाथै अन्य बित्तीय सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ ।

‘यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप’को लागी बैकको कुनै पनि शाखा तथा मुख्य कार्यलय दरवारमार्ग काठमाण्डौमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।