लाभांशको आशले शेयर बजारमा फर्कियो उत्साह, सूचक र कारोबारमा बढोत्तरी

0
Shares

शेयर बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने क्रम सुरु भएसँगै शेयर लगानीकर्तामा उत्साह फर्किएको छ । जसले गर्दा बिहीबारको बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबारमा समेत बढोत्तरी आएको छ ।

बिहीबार बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको मुनाफबाट १३ प्रतिशत बोनश सहित १६ प्रतिशत लाभांश घोषणा गरेपछि यसको प्रभाव समग्र बैंकिङ समूहमा परेको छ । अघिल्लो वर्षको भन्दा एक प्रतिशत मात्र कम लाभांश घोषणा गरेको बैंकको शेयर मूल्य समेत दश प्रतिशतकै हाराहारीमा बढेको छ ।

यसअघि माछापुच्छ्े बैंकले ७ प्रतिशत बोनससहित १०.४० प्रतिशत लाभांश घोषणा गरिसकेको छ । अघिल्लो वर्ष नगद लाभांशलाई प्राथमिकतामा राखेका बैंकहरुले यसपालि बोनस लाभांशलाई जोड दिएकाले शेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

अन्य बैंकहरुले पनि केहि दिनमै लाभांश घोषणा गर्ने अनुमान लगानीकर्ताहरु बैंकहरुको शेयरमा आकर्षति भएका हुन । वाणिज्य बैंकहरुसँगै विकास बैंकहरुकमा पनि लगानीकर्ता तानिएका छन् । र्निजिवन बीमा कम्पनीहरु पनि लगानीकर्ताको रोजाईमा परेका छन ।

Index Current Points Change % Change  
NEPSE 1,571.04 20.61 1.33  
Sensitive 310.15 2.98 0.97  
Float 109.24 1.56 1.44  
Sen. Float 102.25 1.25 1.24  
 
Sub-Indices Current Points Change % Change  
Banking 1,258.48 18.86 1.52  
Trading 1,057.33 19.53 1.88  
Hotels 1,749.16 8.08 0.46  
Development Bank 1,946.89 65.48 3.48  
HydroPower 1,292.38 24.76 1.88  
Finance 784.31 5.79 0.74  
No Life Insurance 8,044.04 332.41 4.31  
Manu. & Pro. 3,039.22 49.79 1.67  
Others 1,011.61 2.97 0.29  
Microfinance 2,556.86 20.81 0.82  
Life Insurance 9,639.13 157.33 1.66  
Mutual Fund 10.81 0.01 0.08  
 

साथै लगात्तार तेस्रो दिन घटेको बजारमा नाफा सुरक्षित गरिसकेका लगानीकर्ताहरु समेत बजारमा फर्किदा सूचक र कारोबारमा सुधार आएको हो। कारोबारमा आएका जलविद्युत र म्युचुअल फण्ड बाहेकका सबै सूचकमा सुधार आएपछि नेप्सेमा पनि दोहोरो अंकको सुधार आएको छ । बिहीबार नेप्से सूचक २०.६१ अंकले बढेर १५७१.०४ अंकमा पुगेको छ । समग्रमा नेप्से सूचक १.३३ अंकले उकालो लागेको छ ।

यसदिन १९३ कम्पनीको ९९ लाख ३० हजार कित्ता शेयर २ अर्ब ८० करोड ७७ लाखमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै एक अर्ब बढी हो ।

Symbol LTP Point Change % Change
As of 2020-10-01 15:00:00
SAPDBL 165.00 15.00 10.00
KSBBL 205.00 18.00 9.63
MPFL 137.00 12.00 9.60
CORBL 183.00 16.00 9.58
DHPL 115.00 10.00 9.52
BOKL 282.00 24.00 9.30
GRDBL 149.00 10.00 7.19
AHPC 229.00 15.00 7.01
NHPC 104.00 6.00 6.12
UNHPL 122.00 7.00 6.09

यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कामना सेवा, मल्टीपरपोज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रो तथा बैंक अफ काडमाण्डूको शेयरमूल्य झण्डै दश प्रतिशतका दरले बढेको छ ।

आज लाभांश घोषणा गरेको बैंक अफ काडमाण्डूको सबैभन्दा धेरै १४ करोड ७६ लाख बराबरको शेयर किनबेच भयो । आजको बजारमा माउन्टेन हाइड्रोका शेयर मूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतका दरले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-01 15:00:00
MHNL 138.00 -15.00 -9.80
PMHPL 140.00 -10.00 -6.67
HURJA 147.00 -10.00 -6.37
UPCL 126.00 -8.00 -5.97
RRHP 160.00 -9.00 -5.33
UMHL 147.00 -8.00 -5.16
BARUN 157.00 -8.00 -4.85
KPCL 161.00 -8.00 -4.73
SJCL 173.00 -8.00 -4.42
HPPL 195.00 -8.00 -3.94

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।