नेपाल इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गर्यो कर्जाको नयाँ ब्याजदर

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले असोज १६ गते शुक्रबारदेखि लागू हुनेगरी कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले आधार ब्याजदरमा एक प्रतिशतबाट सुरु भई अधिकतम ५ प्रतिशत प्रिमियम थपगरी कर्जा उपलब्ध गराउने जनाएको छ ।

भदौ मसान्तसम्ममा बैंकको आधार दर ७.३३ प्रतिशत रहेको छ । बैंकले कर्जाको प्रकृति र समय हेरी ब्याजदर निर्धारण गरेको छ ।

बैंकबाट ओभरड्राफ्ट, हायर पर्चेज तथा घर कर्जा लिँदा १२.३३ प्रतिशत ब्याज लाग्ने छ । यस्तै शेयर धितो राखेर ऋण लिँदा ८ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।