नेप्से दोहोरो अंकले बढ्दा ३ अर्ब बढीको कारोबार, शिवम सिमेन्टको उच्च किनबेच

0
Shares

यो साताको पहिलो दिनको शेयर बजार दोहोरो अंकले उकालो लाग्दा ३ अर्ब बढीको शेयर किनबेच भएको छ । जलविद्युत र म्युचुअल फण्ड समूहको सूचक बाहेक अन्य सबै सूचकमा सुधार आएको बजारमा शिवम सिमेन्टको उच्च कारोबार भएको छ ।

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर एक हजार ५८५.७५ मा अंकमा पुगेको छ । कूल १९५ वटा कम्पनीको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कूल १२ उपसमूह मध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर मात्र घटेको छ । यसदिन शिवम सिमेन्टको सबैभन्दा धेरै २६ करोड ८६ लाख रूपैयाँ बराबरको शेयर किनबेच भयो । नेपाल पुर्नबीमा कम्पनीको पनि १९ करोड बढीको कारोबार भएको छ । एनसीसीबी, एचडिएल र नेपाल बैंक पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भाउ सबैभन्दा धेरै ९.८४ प्रतितशले बढेको छ । यसैगरी, शिवम सिमेन्ट, प्रोग्रेसिभ फाइनान्स, छयाङदी हाइड्रो, उन्नति सहकार्य लघुवित्तको मूल्य पनि उच्चदरले बढेको छ । युनियन हाइड्रो, दिब्यश्वरी र खानीखोला हाइड्रोको शेयर मूल्य उच्चदरले घटेको छ ।

Index Current Points Change % Change  
NEPSE 1,585.75 14.71 0.94  
Sensitive 312.35 2.19 0.71  
Float 110.18 0.94 0.86  
Sen. Float 103.15 0.9 0.88  
 
Sub-Indices Current Points Change % Change  
Banking 1,274.04 15.56 1.24  
Trading 1,073.10 15.77 1.49  
Hotels 1,761.03 11.87 0.68  
Development Bank 1,970.38 23.49 1.21  
HydroPower 1,277.12 15.26 1.18  
Finance 786.73 2.43 0.31  
No Life Insurance 8,068.11 24.07 0.3  
Manu. & Pro. 3,184.47 145.26 4.78  
Others 1,022.76 11.15 1.1  
Microfinance 2,560.89 4.03 0.16  
Life Insurance 9,684.16 45.03 0.47  
Mutual Fund 10.46 0.35 3.21  

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।