नेपाल बैंक (NBL) ले असोज १९ गते (आज) सोमबार विशेष साधारण सभा आह्वान गरेको छ। बैंकको भिडियो कन्फ्रेन्स मार्फत प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो ।
सो सभामा सहभागी हुन चाहने शेयरधनीलाई जुम आईडी तथा पासकोड उपलब्ध गराइएको बैंकले जनाएको छ । विशेष साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते बुकक्लोज गरेको थियो। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएका शेयरधनीले मात्र बैंकको विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
उक्त सभाले नयाँ संचालक समिति चयन सम्बन्धीको व्यवस्था परिमार्जन गर्नेछ । बैंकले संचालक समितिमा नेपाल सरकारबाट मनोनित ३ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना निर्वाचित हुने व्यवस्था गर्न लागेको हो ।
बैंकले नयाँ व्यवस्था अनुसार सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट ३ जनामा घटाउने र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बढाई ३ जना कायम गर्न नियमावली संशोधन गर्ने विशेष प्रस्ताव राखेको छ ।
त्यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई सभाले पारित गर्ने भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया