नबिल बैंक लिमिटेड (NBL) ले आफ्ना ग्राहकहरूका लागि एक सूचना प्रकाशन गर्दै बैंक खाता खोल्दा रजिष्टर गरेको मोबाइल नम्बर प्रयोगमा नभए अथवा परिवर्तन गरेको भए अद्यावधिक गराउन आग्रह गरेको छ ।
खाता खोल्दा रजिष्टर गरेको मोबाइल नम्बर प्रयोग नगरेका सम्पूर्ण ग्राहकहरूलाई तुरुन्तै बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको मोबाइल नम्बर अपडेट गर्न बैंकले अनुरोध गरेको हो ।
ग्राहकहरुले जुनसुकै शाखामा खाता खोलेको भएपनि नजिकैको बैंकको शाखा कार्यालयमा गई आफ्नो नयाँ मोबाइल नम्बर बैक खातामा अद्यावधिक गर्न।गराउन सकिने बैंकले जनाएको छ ।
दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले ६ महिनादेखि सञ्चालनमा नरहेका नम्बर (सिम कार्ड) हरू जो कसैलाई प्रदान गर्नसक्ने प्रावधान रहेकाले आफ्नो पछिल्लो मोबाइल नम्बर बैंक खातामा अद्यावधिक (अपडेट) गर्नुपर्ने बैंकको भनाई छ ।
पहिला आफुले चालाएको मोबाइल नम्बर दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पुन अन्य प्रयोगकर्ताहरूलाई जारी गर्नसक्ने प्रावधानले सम्बन्धीत ग्राहकको बैंकिङ्ग विवरणहरु सोही नम्बरमा जाने र वित्तीय जोखिम बढ्नसक्ने हुँदा आफुले प्रयोग गरिरहेको नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई नम्बर गर्न अनुरोध गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया