वास्तविक क्षेत्रका संस्थाहरुलाई धितोपत्र बजारमा भित्र्याउन विशेष कार्यक्रम

0
Shares

नेपाल धितोपत्र बोर्डले वास्तविक क्षेत्र लगायतका संगठित संस्थाहरुलाई धितोपत्र बजारबाट पूँजी परिचालन गर्न अभिमुखिकरण तथा अभिप्रेरित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । साथै बोर्डले सर्वसाधारणलाई बजार प्रवेशमा थप प्रोत्साहन गर्ने भएको छ ।

विश्व लगानीकर्ता सप्ताहका अवसर बोर्डले देशव्यापी हुँदै गएको धितोपत्र बजार र लगानीकर्ताहरुको संख्यामा समेत अभिवृद्धि हुँदै गएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको बारेमा आधारभूत शिक्षा प्रदान गरी लगानीका सम्बन्धमा सुसूचित निर्णय लिन सक्षम तुल्याउने कार्यक्रम सार्वजनिक गरेको छ । 

उक्त सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाहको माध्यमबाट बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने रहेको छ ।

नेपाल धितोपत्र बोर्ड सन् २०१६ जुलाईमा धितोपत्र बजार नियमन निकायहरुको अन्तराष्ट्रिय संस्थाको एशोसिएट सदस्य भएपश्चात् उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा बोर्डको सहभागिता रहँदै आएको छ । यसवर्ष समेत उक्त संस्थाबाट अक्टोवर ५–११, २०२० तदनुसार २०७७ आश्विन १९–२५ को अवधिमा विश्व लगानीकर्ता सप्ताह मनाउन आह्वान गरिएकोले बोर्डले उक्त सप्ताह अन्तर्गत बिभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ ।

बोर्डका कार्यक्रमहरु :-

(२०७७ आश्विन २१, बुघबार, विहान ७ः२५–७ः५५) – धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी जानकारी तथा सचेतनामूलक विषेश कार्यक्रम रेडियो नेपालबाट प्रशारण गर्ने ।

(२०७७ आश्विन २२, बिहीबार, अपरान्ह ३ः००–५ः३०) –  धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणका लागि बुक विल्डिङ्ग पद्दतिबाट सार्वजनिक निष्काशन गर्न सक्ने गरी निर्देशिका जारी गरेको र योग्य लगानीकर्ताको सूची पनि तयारीको अन्तिम चरणमा रहेको पृष्ठभूमिमा “लगानीकर्ताहरुमा छरिएर रहेको पूँजी कम लागत तथा सर्वसुलभ रुपमा उत्पादनशील क्षेत्रमा परिचालनको लागि धितोपत्र बजार” भन्ने मूल मर्मका साथ वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारबाट पूँजी परिचालन गर्न अभिप्रेरित गर्ने र धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणका सम्बन्धमा संभाव्य निष्काशनकर्ता कम्पनीहरु तथा लगानीकर्ताहरुलाई थप स्पष्ट पार्न सम्बन्धित कम्पनीका उच्च व्यवस्थापन तथा लगानीकर्ताहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम जुम मार्फत् आयोजना गर्ने ।

(२०७७ आश्विन २३, शुक्रबार, अपरान्ह १ः३०–५ः३०)- लगानीकर्ताको अधिकार, सुसूचित लगानी निर्णयका लागि आवश्यक ज्ञान तथा जानकारी, अनलाईन टे«डिङ्गको उपयोगिता र प्रयोग, आस्वा, सिआस्वा, मेरा सेयरको उपयोगिता, क्रेडिट रेटिङ्गको महत्व तथा उपयोगिता लगायतका धितोपत्र बजार सम्बन्धी विषयवस्तुहरुमा बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि., सिडिएससी र क्रेडिट रेटिङ्ग संस्था तथा लगानीकर्ताहरुको सहभागितामा छलफल तथा अन्र्तकृया कार्यक्रम आयोजना गर्ने ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० र धितोपत्र बजार सहभागीहरुले बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरण विद्युतीय माध्यममार्फत पेश गर्न र लगानीकर्ताले सूचिकृत कम्पनी सम्बन्धी विवरण प्राप्त गर्न सक्ने प्रणालीको अनावरण गरी सञ्चालनमा ल्याउने ।

(२०७७ आश्विन २४, शनिबार, अपरान्ह ३ः३०–३ः४५)- लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु तथा लगानी गर्ने सम्बन्धमा सचेतनामूलक सामाग्री गोरखापत्र रष्ट्रिय दैनिक र नयाँ पत्रिका दैनिकमा प्रकाशन गर्ने ।

(२०७७ आश्विन २५, आइतबार, अपरान्ह ३ः३०–३ः४५)- लगानीकर्तालाई सवलीकरण गर्दै उनीहरुको हकहितको संरक्षण गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डको भूमिका सम्बन्धी एक वृत्तचित्र नेपाल टेलिभिजनबाट प्रशारण गर्ने ।

यसबाट लगानीकर्ताहरुको सशक्तिकरण तथा हकहितको संरक्षण हुन गई बजारको नियमन, सुधार तथा विकास कार्यमा थप सहजता हुने र देशमा धितोपत्र बजार सम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने बोर्डले विश्वास लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।