लिबर्टी इनर्जीद्धारा स्थानीय बासिन्दा र संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

0
Shares

लिबर्टी इनर्जी कम्पनी लिमिटेड (LEC) ले आयोजना प्रभावित र संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।

कम्पनीले सोमबार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीहरू र आयोजनाबाट प्रभावित लमजुङ्ग जिल्लाका स्थानी बासिन्दाहरुका लागि शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो ।

हालसम्म डिम्याट खाता नखोलेको स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, प्रभु बैंक तथा अन्य कुनैपनि निक्षेप सदस्यहरु मार्फत हितग्राही खाता खोली उक्त डिम्याट नम्बर कम्पनीले तोकेको ढाँचा अनुरुपको निवेदन केन्द्रीय कार्यालय कालिकास्थान तथा साइट कार्यालय दोर्दी ६ लमजुङ्ग तथा प्रभु क्यापिटमा अद्यावधिक विवरण उपलब्ध गराएमा सोझै डिम्याट खातामा उक्त शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

धितोपत्र सम्बन्धि ऐन, २०६३ एवं सो अन्तर्गत बनेका नियम विनियमले तोके बमोजिम हाल सूचीकृत कम्पनीहरूले जारी गर्ने धितोपत्रहरू भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रूपमा मात्र निष्काशन गर्नुपर्ने व्यवस्था रहेको छ ।

सो नियम अनुसार कम्पनीका स्थानीय बासिन्दालाई जारी गरिएको डिम्याट खाता खोलेर शेयर जम्मा गर्न र संस्थापक शेयरधनीहरूको शेयर अभौतिकीकरणको लागि आफूसँग भएको सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन कम्पनीले आग्रह गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।