सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले काठमाडौंको मुटु असनमा कार्तिक ६ देखि असन शाखा संचालनमा ल्याएको छ ।

मुलुकभरि आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले काठमाडौंको असनमा कार्तिक ६ देखि शाखा संचालनमा ल्याएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।