माछापुच्छ्रे बैंकको डिजिटल दक्षिणा क्यासव्याक

0
Shares

माछापुच्छ्रे  बैंक (MBL) ले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ ।

कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।

विजयादशमीको दिनदेखि पूूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोवाइल मनि मार्फत जुनसुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्ने जनाइएको छ ।

क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले पैसा ट्रान्सफर गर्दा पमो कोडमा दक्षिणा लेख्नुुपर्नेछ । उक्त क्यासव्याक पूर्णिमापछि ग्राहकहरुको खातामा सिधै जम्मा हुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २०० वा सो भन्दा बढिको दक्षिणा कारोबार गर्नुपर्नेछ ।

स्मार्ट बैंक माछापुच्छ्रे बैकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०-२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यासव्याक प्रदान गरिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।