सिभिल लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने ८ संस्थागत लगानीकर्ता यस्ता, कसले कति पाए शेयर ?

0
Shares

सिभिल लघुवित्तले लिलाममा राखेको शेयरको शिलबन्दी बोलपत्र खोल्ने काम सकिएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटलले दिएको जानकारी अनुसार लघुवित्तको साधारण शेयरको प्रारम्भिक कटअफमूल्य ६४५ र संस्थापक शेयरको कटअफमूल्य २५४ रुपैयाँ कायम भएको छ । तथ्याङ्क रुजु गर्दा अन्तिम कटअफमूल्यमा भने सामान्य फरक पर्नसक्ने क्यापिटलले जनाएको छ ।

लघुवित्तको लिलामी शेयरका लागि कूल ३४३ वटा आवेदन परेकोमा ८ संस्थागत लगानीकर्ताले आवेदन गरेका थिए । जसमध्ये सांग्रिला डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै ६७५ रुपैयाँ दरमा ५ हजार कित्ताका लागि आवेदन दिएको थियो भने सिद्धार्थ बैंकले सबैभन्दा कम प्रतिकित्ता ५९७ रुपैयाँका दरले सबैभन्दा धेरै २५ हजार कित्ताका लागि आवेदन दिएको थियो।

यद्यपी ८ संस्थागत लगानीकर्तामध्ये सिद्धाथ बैंक सहित इक्वीटस होल्डिङ्ग प्रालि र निभ सेक्युरिटीज गरी तीन संस्थाले गरेको बोलकबोल रेट कटअफभन्दा तल अंकित गरेर आवेदन दिएकाले लिलामी शेयर प्राप्त गर्न सकेनन् । लिलामीमा आवेद गरेका सांग्रिला डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल, स्टार क्यापिटल म्यानेजमेन्ट प्रालि, र सूर्या लाइफ इन्स्योरेन्सले भने माग अनुसारको नै शेयर पाएका छन् ।

साधारण शेयरमा कायम भएको प्रारम्भिक कटअफमूल्य (६४५) अनुसार गुहेश्वरी मर्चेन्टले आंशिक २ हजार ५९२ कित्ता शेयर प्राप्त गर्नसक्ने अवस्था देखिएको छ । कम्पनीले ५ हजार कित्ताका लागि आवेदन दिएकोमा दामासहीले बाँडफाँड गर्दा आवेदन गरेभन्दा कम मात्र शेयर पाएको हो ।

प्रारम्भिक कटअफमूल्यभन्दा माथि आवेदन दिएका लगानीकर्ताको आवेदन रुजु गर्दा त्रुटी भेटिएको खण्डमा भने गुहेश्वरी मर्चेन्टले माथि उल्लेख गरिएकोभन्दा बढी कित्ता शेयर पाउन पनि सक्नेछन् ।

लघुवित्तको लिलामी शेयरमा आवेदन गरेका यस्ता छन् संस्थागत लगानीकर्ता:-

कम्पनी कित्ता बोलकबोल रकम (रुपैयाँ)
सांग्रिला डेभलपमेन्ट बैंक ५००० ६७५
प्रभु क्यापिटल  ३,५०० ६६९.२८
स्टार क्यापिटल म्यानेजमेन्ट प्रालि ५०० ६५१
सूर्या लाइफ इन्स्योरेन्स  १०,००० ६५०
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग  ५,००० ६४५
निभ सेक्युरिटीज ७,८०० ६४१.०२
इक्वीटास होल्डिङ्ग प्रालि १,५०० ६३२.३०
सिद्धार्थ बैंक २५,००० ५९७

प्रारम्भिक कटअफमूल्य अनुसार लघुवित्तको साधारण शेयरका लागि प्रतिकित्ता ६४५ वा सो भन्दा बढी मूल्यमा आवेदन गरेका लगानीकर्ताले लिलामीको शेयर सकारेका छन् । संस्थापक शेयरतर्फ २५४ रुपैयाँमा लघुवित्तका विद्यमान शेयरधनी सुरज अधिकारीले सबै (११ हजार ६०८ कित्ता) शेयर सकारेका छन् ।

क्यापिटलका अनुसार मुलुकभरबाट संस्थापक शेयरका लागि ४ वटा र साधारण शेयरका लागि २३९ वटा गरी कूल ३४३ वटा शिलबन्दी बोलपत्रको आवेदन परेका थियो । लिलामी शेयर खरीदका लागि ८ संस्थाले पनि आवेदन दिएका थिए ।

लघुवित्तले कम्पनीले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कूल ८९ लाख ४५० कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

लघुवित्तले गत साउन २५ गतेदेखि भाद्र २९ गतेसम्म एक बराबर एक अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन गरेको थियो । सोही समयमा अवितरित शेयर अहिले लिलामीबाट बिक्री गरिएको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ छ । हकप्रदपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको साधारण शेयर मंगलबार प्रतिकित्ता ७४३ रुपैयाँमा कारोबार बन्द भएको छ । यसअनुसार लघुवित्तको लिलामी शेयरको कटअफ मूल्य बजार मूल्यको एक सय रुपैयाँ अर्थात १३.४२ प्रतिशत तल कायम भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।