मर्जरमा रहेको स्वदेशी लघुवित्तको नाफामा आकर्षक बढोत्तरी, EPS ४८ रुपैयाँ माथि

0
Shares

एनआईसी एशिया लघुवित्तसँग मर्जर प्रकृयामा रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (SDESI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो नाफामा आकर्षक सुधार गरेको छ ।

बुधबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद नाफा गर्दै वार्षिक प्रतिशेयर आम्दानी (इपिएस) ४८.४० रुपैयाँ कायम गरेको छ ।

गत आवको पहिलो तीन महिनमा लघुवित्तले १ करोड ९१ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक ३३.३६ रुपैयाँ इपिएस कायम गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको नाफा ७४.१३ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३०.७२ प्रतिशत र सञ्चालन नाफा ७४.१३ प्रतिशतले बढेको छ । लघुवित्तले ९ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ५ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

Particulars Q1 Swadeshi Laghubitta Bittiya Sanstha Limited  ( Rs in ‘000)
2077/2078  2076/2077 Difference
Paid-Up Capital 276,000.00 230,000.00 20.00
Net Profit 33,397.80 19,180.32 74.13
Annualized EPS (In Rs.) 48.40 33.36 45.08
Net Worth per share (In Rs.) 149.57 188.37 -20.60
Reserve & Surplus 136,822.36 203,261.28 -32.69
Borrowings 2,691,661.44 2,373,106.22 13.42
Deposits 1,187,362.93 1,108,268.39 7.14
Loans and Advances 4,131,316.46 3,707,733.11 11.42
Net Interest Income 99,462.28 76,087.63 30.72
Operating Profit 52,482.26 30,140.51 74.13
Cost of Fund (%) 5.31% 9.86% -46.15
Price to earnings (times) 16.53 18.17 -9.03
NPL (%) 2.99% 1.70% 75.88

२० प्रतिशतले चुक्ता पूँजी बढाएको लघुवित्तको चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँ तथा जगेडा कोष ३२.६९ प्रतिशतले संकुचित भई १३ करोड ६८ लाख रुपैयाँमा खुम्चिएको छ ।

चालु आवको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ६९ करोड १६ लाख रुपैयाँ सापटी गरी ४ अर्ब १३ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ १४९.४५ रुपैयाँ, कोषको लागत ५.३१ प्रतिशत, खराब कर्जा अनुपात २.९९ प्रतिशत र मूल्य आम्दानी अनुपात १६.५३ गुणा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ कात्तिक २०७७, बुधबार  १० : १९ बजे