दसैंका लागि बाहिरिएको निक्षेप बैंकिङ प्रणालीमा आउन थाल्यो, कर्जामा पनि सुधार

0
Shares

दसैंका लागि बाहिरिएको निक्षेप क्रमश बैंकिङ प्रणालीमा फर्कन थालेको छ भने दसैं सकिएपछि कर्जा विस्तारमा समेत सुधार देखिएको छ ।

कात्तिकको पहिलो साता बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप घटेकोमा दोस्रो र तेस्रो सातामा २३ अर्ब रुपैयाँ निक्षेप बढेको छ । कात्तिकको पहिलो साता दसैंका लागि बचतकर्ताले खर्च निकाल्दा बैंकहरुमा ४० अर्ब निक्षेप घटेको थियो । दसैं सकिएपछिको पहिलो सातामा १८ अर्ब तथा दोस्रो सातामा ५ अर्ब रुपैयाँ निक्षेप बढेको छ ।

दसैंपछि बैंकहरुको कर्जा विस्तारमा समेत सुधार आएको छ । कात्तिकको दोस्रो साता ३ अर्बले घटेको कर्जा तेस्रो सातामा ११ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुले कात्तिक १४ देखि २१ गतेसम्म ११ अर्ब ऋण बढाएका विस्तार गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार कातिक २१ गतेसम्म वाणिज्य बैंकहरुले कुल ३० खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन भने बैंकहरुको कुल निक्षेप ३६ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ। गत असोजको अन्तिम साता वाणिज्य बैंकहरुले ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।