कोरोनाका कारण कोकको बिक्री १५ प्रतिशतले घट्यो


चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कोकाकोलाको उत्पादन तथा बिक्री घटेको छ । कोरोना भाइरसका कारण व्यावसायिक बातावरण विर्गेपछि कम्पनीको उत्पादन तथा बिक्री घटेको हो ।

चालु आर्थिक वर्षको असोजसम्ममा बोटलर्स नेपालको कोक बिक्री मार्फत हुने आम्दनी १५ प्रतिशतले घटेको छ भने बोटलर्स तराईको १०.४५ प्रतिशतले घटेको हो ।

यो अवधिमा बोटलर्स तराइको नाफा पनि ४.७५ प्रतिशतले घटेको छ । तर, बोटलर्स नेपालको नाफा भने ३.९२ प्रतिशतले वढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुबै कम्पनीको बिक्री खर्च पनि घटेको छ । बोटलर्स नेपालको बिक्री खर्च घटेपछि नाफामा समान्य सुधार आएको छ । तर, बोटलर्स तराईको बिक्री खर्च घटेसंगै वित्त खर्च उच्च दरमा वढेपछि नाफा घटेको हो ।

चालु आर्थिक वर्षको असोजसम्ममा बोटलर्स नेपालले २ अर्ब ६७२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८४ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब १० करोड ८६ लाख रुपैयाँ उत्पादन बिक्री मार्फत आम्दानी गरेको थियो ।

त्यसैगरी बोटलर्स तराईको पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ८४ करोड रुपैयाँ उत्पादन बिक्री मार्फत गरेको छ । यो बिक्री रकम गत आवको सोही अवधिको तुलनामा १०.४५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा २ अर्ब ५ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चालु आवको असोजसम्ममा कम्पनीले २८ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४.७५ प्रतिशतले थोरै हो । गत आवको असोजमा कम्पनीले ३० करोड २ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

हाल बोटलर्स नेपालको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको सञ्चित कोषमा ३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी बोलटर्स तराइको हालसम्म १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने सञ्चित कोषमा २ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

चालु आवको असोजसम्ममा बोटलर्स नेपालको प्रति शेयर आम्दानी १६६ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा प्रतिशत शेयर आम्दानी १६० रुपैयाँ रहेको थियो । त्यसैगरी असोजसम्ममा कम्पनीकिो प्रति शेयर नेटवर्थ २ हजार ९२ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ हजार २ सय ४४ रुपैयाँ रहेको थियो ।

त्यसैगरी चालु आवको असोजसम्ममा बोटलर्स नेपाल तराइको प्रति शेयर आम्दानी २३६ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २४८ रुपैयाँ रहेको थियो । चालु आवको असोजसम्ममा कम्पनीको प्रति शेयर नेटवर्थ २ हजार ३८ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको प्रति शेयर नेटवर्थ २ हजार १ सय ९१ रुपैयाँ रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।