गुराँस लाइफको ५.२५ प्रतिशत बोनस पारित, अध्यक्षमा विवेक दुगड़ चयन


गुराँस लाइफ इन्स्योरेन्सको बिहीबार सम्पन्न दशौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को नाफावाट शेयरधनीलाइ ५.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको बिहीबार सम्पन्न साधारणसभावाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव, शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित भएका छन । नव निर्वाचित संचालक समितिको आजै बसेको १६२ औं बैठकले विवेक दुगड़लाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

साधारण सभाले लेखापरिक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सर्वसम्मतिबाट पारित गरेको छ । साधारणसभाको विशेष प्रस्ताव अन्तर्गत आर्थिक वर्ष ०७४/७५ को नाफाबाट जारि पुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५.२५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।