सरकारले १५ अर्बको ट्रेजरी विल्स नविकरण गर्दै


सरकारले सोमबार ४ अर्ब ८१ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्स नविकरण गर्ने भएको छ । सरकारले पुरानो ऋणको सावाँ चुक्ता गर्न नसक्ने भएपछि नविकरण गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले निष्काशन गरिदिने सो ऋणपत्र नवीकरणका लागि बोकबोलमा सहभागी हुनु पर्नेछ । सरकारलाई पुँजी आवश्यक भएपछि केन्द्रीय बैंकले छोटो तथा लामो अवधिको सरकारी ऋणपत्र जारी गरिदिन्छ ।

सरकारी धुकुटीमा राजस्व कम उठ्ने तथा कोरोना भाइरसको असरका कारण आर्थिक गतिविधि ठप्प भएपछि सरकारले स्वस्थ संकटसंग लड्न तथा अर्थतन्त्रलाई चलायमान बनाइराख्न राहतको कार्यक्रम समेत ल्याउनु परेको अवस्था छ । त्यसैले पनि पछिल्लो समयमा सरकारले अन्तरिक ऋण उठाउन जोड वल गरीरहेको छ ।

केन्द्रीय बैंकले सोमबार ९१, १८२ र ३६४ दिने गरी ३ प्रकृतिका ऋणपत्रको नविकरण गर्न लागेको हो । पहिलो सरकारी ऋणपत्र ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो १८२ र तेस्रो ३६४ दिनमा परिपक्क हुने केन्द्रिय बैंकले जनाएको छ । २ अर्ब २३ रुपैयाँ बरावरको ९१ दिनको, १२ अर्ब ४७ करोड रुपैयाँ बरावरको १८२ दिने र ११ करोड रुपैयाँ बरावरको ३६४ दिने टे«जरी विल्स नविकरण गर्ने भएको हो ।

सो ऋणपत्रको व्याजदर भने बोलकबोल मार्फत निर्धारण हुने कन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि कात्तिक २७ गते केन्द्रीय बैंक निष्कासन गरेको ९१ दिने टे«जरी बिल्सको औसत व्याजदर ०.४४५० र १८२ दिनेको १.३२९४ प्रतिशत रहेको थियो । त्यसैगरी ३६४ दिने टे«जरी बिल्सको यसभन्दा अघि कात्तिक १७ गतेको औसत ब्याजदर २.१२१२ प्रतिशत रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।