न्यादी हाइड्रोपावरले साढे ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने


न्यादी हाइड्रोपावर कम्पनीले ४० करोड ५० लाख रुपैयाँ बरावरको ४० लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्कासन अनुमती माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको साधारण शेयर निष्काशन अनुमति माग्दै कम्पनीले मंसिर १० गते बोर्ड निवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशत अर्थात ४० करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने अनुमतीका लागि बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले निष्काशन गर्न लागेको ४० करोड ५० लाख रुपैयाँ मध्ये १० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बरावरको लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र २ प्रतिशतले हुने ३ करोड रुपैयाँ बरावरको ३ लाख कित्ता शेयर संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले बाँकी रहेको १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रकम बराबरको २२ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ४५ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीलाई छुट्टाएको छ ।

यसरी सबैलाइ छुट्याइसकेपछि बाँकी रहेको २० करोड ९२ लाख ५० हजार रुपैयाँ बरावरको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटल रहेको छ भने शेयर प्रत्याभूतकर्तामा नागरिक लगानी कोष रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।