युनाईटेड इदी मार्दीको साधारणशेयर आइतबार बाँडफाँड हुने, साढे ४ लाख आवेदकले शेयर नपाउने


युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयरको आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीको साधारण शेयरको प्रि अलटमेन्ट शुक्रबार सकिएको हो ।

प्रि अलटमेन्ट गरेका तीन दिन भित्रमा बाँडफाँड गर्नु पर्ने हुन्छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता साधारण शेयरे बिक्री गरेको थियो ।

सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीले निष्काशन गरेको साधारण शेयर मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँड गरिने छ।

कम्पनीको शेयरमा ५ लाख ४१ हजार २६३ आवेदकबाट ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बरावरको ९४ लाख ९८ हजार ४ सय कित्ता माग गर्दै आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जानकारी दिएको छ ।

आवेदन मध्ये ८१ हजार २ सय ७३ आवेदक मध्ये ६ जनाले ११ कित्ता र बाँकी सबैले १० कित्ताका दरशले शेयर पाउनेछन । कम्पनीको साधारण शेयरका लागि आवेदन दिएको ४ लाख ५९ हजार ९ सय ९० आवेदनकले शेयर नपाउने देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।