सि.जी. ब्राण्डका जाडोको सामाग्रीहरु बजारमा

0
Shares

नेपालको उत्कृष्ट ब्राण्ड सि.जी. ले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

सि.जी. ले सम्पूर्ण उपभोक्ता महानुभावहरुमा न्यानो सम्बन्ध राखि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट बजारमा ल्याएको हो।

यसैगरी जुनसुकै स्थानमा जति बेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने तपाईलाई न्यानो बनाई राख्न बिभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ ।

यस लगायत सि.जी. ले चिसो पानीले नुहाउने टेनसनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत ल्याएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।