शेयर तथा व्यक्तिगत कर्जा पुनरावलोकन गरिने, कर्जाको माग बढ्यो

0
Shares

नेपाल राष्ट्र बैंकले शेयर कर्जा तथा व्यक्तिगत कर्जा पुनरावलोकन गर्ने भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै वित्तीय स्थायीत्वमा जोखिम आउन नदिन कर्जा नीतिमा पुनरावलोकन गर्न लागेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

उनले वित्तीय स्थायीत्वमा जोखिम आउन नदिन ब्याजदर स्थायीत्वमा राष्ट्र बैंकले जोड दिएको बताए । गभर्नर अधिकारीले पछिल्लो चरणमा आर्थिक गतिविधि चलायमान भएसँगै कर्जाको माग समेत बढ्न थालेको बताए । अहिलेकै अवस्थामा कर्जाको माग भइरहे तरलता टाइट हुने अवस्था आउने उनको भनाई थियो ।

उनले साउनदेखि मंसिर १७ सम्म २१९ अर्ब निक्षेप संकलन तथा २०२ अर्बको कर्जा प्रवाह भएको जानकारी दिए । कोभिडको प्रभाव बिस्तारै कम हुँदै गएपछि लगानीको वातावरणमा सुधार आएको समेत उनको भनाई थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्कि नीति मार्फत शेयर धितो ऋणको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुर्याइ दिएको थियो। १८० दिनको अन्तिम मूल्यका आधारमा दिइने ऋण १२० दिनको अन्तिम मूल्यमा दिइने नीति राष्ट्र बैंकले लिएको छ। साथै शेयर कर्जा प्रति ग्राहक बढिमा ५० लाखसम्म मात्र लिन पाइने व्यवस्था छ।

यसैगरी राष्ट्र बैंकले ओभरड्राफ्टलाई धितो कर्जा, सम्पत्ति कर्जा, ब्यक्तिगत आवधिक कर्जाको सीमा पनि ५० लाख तोकेको थियो। यदि कसैले ५० लाखभन्दा बढि दिएको भए २०७९ असार मसान्तभित्र सीमाभित्र ल्याइसक्नु पर्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ मंसिर २०७७, बिहीबार  १८ : ५० बजे