बचतको ब्याजदर थप घट्न नदिन राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

0
Shares

नेपाल राष्ट्र बैंकले बचतको ब्याजदर थप घट्न नदिने भएको छ ।

राष्ट्र बैंकले चालु बर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै बचतको ब्याज थप नघटोस भनेर मुद्धति निक्षेप र बचत खाताको ब्याजदर अन्तर ५ प्रतिशतबढी हुन नुहने व्यवस्था गरेको हो।

बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाइने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

बचतको ब्याजदर घट्दै गएकाले यसलाई सीमा तोकिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार बचत खाताबीचको ब्याजदर अन्तर भने २ प्रतिशत बिन्दुभन्दा फरक हुन नहुने व्यवस्था कायमै छ ।

राष्ट्र बैंकले स्थिर ब्याजदरको कर्जामा अग्रिम भुक्तानी शुल्क र समय निर्धारण गर्न सकिने व्यवस्था समेत गरेको छ।

केन्द्रिय बैंकले स्थिर ब्याजदरमा प्रवाह भएका कर्जाहरुको हकमा ब्याजदर जोखिम बहन तथा स्रोत व्यवस्थापनमा तालमेल हुने गरी अग्रिम भुक्तानी शुल्क तथा समयावधि निर्धारण गर्न सकिने व्यवस्था गरेको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।