प्रभु इन्स्योरेन्सको संस्थापक शेयरको लिलामी खुल्यो, न्यूनतम मूल्य ३५० रुपैयाँ

0
Shares

प्रभु इन्स्योरेन्सले ७ लाख ३५ हजार कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गरेको छ ।

उक्त शेयर खरिदका लागि लगानीकर्ताले मंसिर २१ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। । सो शेयरमा योग्य व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन्। । शेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ। साथै, लगानीकर्ताले न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढी शेयर खरिद गर्नका लागि १० अंकले भाग जाने अंकमा अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ।

इन्स्योरेन्सको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।