अपि पावरको साढे १३ लाख कित्ता शेयर लिलामीमा आउने

0
Shares

अपि पावर कम्पनीले हकप्रदमा निबिकेको साढे १३ लाख कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले पुस ९ गतेदेखि १३ लाख ४६ हजार २१८ कित्ता शेयरको बिक्री खुला गर्ने भएको हो । उक्त शेयरमा पुस १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलका अनुसार लिलामीको शेयरमा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी १० ले भागजाने गरी वा सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ ।

कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गतेसम्म चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको विद्यमान १ कित्ता साधारण शेयर बराबर ०.४७६१९ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये ४३ लाख २३ हजार ७८२ कित्ता हकप्रद बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।