एनआईबिएल एस क्याप्टिलबाट निःशुल्क डिम्याट खाता तथा मेरो शेयर दर्ता सेवा पाइने

0
Shares

एनआईबिएल एस क्याप्टिल लिमिटेडले पौष १ गते देखी लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सेवा सुरु गरेको छ ।

यो सेवा एनआईबिएल एस क्याप्टिल लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

एनआईबिएल एस क्याप्टिल लिमिटेडसँग आवद्ध भई आफ्नो प्रतिकृया तथा सुझाव दिई सेवाप्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहज रुपमा आफ्नो ग्राहकवर्गहरुलाई भरपर्दाे सेवाहरु प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।