माछापुच्छ्रे बैंकको लाभांश पारित भएसँगै वितरण सुरु

0
Shares

माछापुच्छ्रे बैंकको २२ औँं वार्षिक साधारण सभाले गत वर्षको कमाईबाट १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पुष २ गते बिहिबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न बैंकको साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले २२ औँ साधारण सभा समाप्त गरे संगै आजकै मितिबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरिसकेको जनाएको छ।

साथै, साधारणसभाबाट सर्वसाधारण सेयर धनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैंया संचित छ ।

बैंकले आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिहेको छ । बैंकका देशभर २०० वटा एटीएमहरु रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।