प्राईभेट इक्वीटीको काम गर्ने संस्थाहरुको एशोसिएसन गठन, अध्यक्षमा पूर्व बैंकर सुमन जोशी

0
Shares

नेपालमा प्राईभेट इक्वीटीको काम गरिरहेका प्रमुख प्राईभेट इक्वीटी कम्पनीहरुले नेपाल प्राईभेट इक्वीटी एशोसिएसन नामक संस्थाको स्थापना गरेका छन् । एशोसिएसनको अध्यक्षमा पूर्व बैंकर सुमन जोशी रहेका छन ।

प्राइभेट इक्यूटी क्षेत्रलाई सहयोग गर्दै आएका बेलायती दूतावासका आर्थिक विकास विभागका प्रमुख नथ्यानियल वेभनले नेपालको पहिलो प्राईभेट इक्वीटी एशोसिएसन शुरू भएको खुसी व्यक्त गर्दै यो पहलले नेपालमा बढ्दो निजी लगानी र उद्यम पूँजी क्षेत्रको प्रतिनिधित्वको गर्ने बताए ।

त्यसका साथै सरकारी निकायहरू र नियामकहरूसँग औपचारिक संलग्नता गर्ने मञ्च समेत प्रदान गर्ने उनको भनाइ छ ।

यसले अझ प्रगतिशील लगानीको वातावरण बनाउनुका साथै व्यवसायहरुलाई अझ बढउन मद्दत पु¥याउँछ । जसले गर्दा नेपालमा आर्थिक वृद्धिलाई सहयोग गर्नेछ ।

एशोसिएसनको संस्थापक सदस्यहरुमा एक्सेलेटर नेपाल, टु नर्थ एसोसियट्स, बिजनेस अक्सिजन, वान टु वाच, डोल्मा एडभाइजस र टिम भेञ्चर्स रहेका छन् । वान टु बाचका प्रबन्ध निर्देशक सुमन जोशीको नेतृत्वको संस्थापक समितिमा सिद्धान्त पाण्डे, विद्या वारिधि सिग्देल, अनुपम मान छन्त्याल र तेन्जिन सोनम गोन्सर सदस्य छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।