स्वावलम्बन लघुवित्तले शेयरधनीलाइ २० प्रतिशत लाभांश दिने


स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफावाट शेयरधनीलाइ २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको शुक्रबार सम्पन्न सञ्चालक समितिले शेयरधनीलाइ १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांस तिरण गर्ने निर्णय गरेको हो ।

संस्थाको सञ्चालक समितिले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि समेत सिफारिस गरेको गरेका छ । संस्थाले गत आवको नाफावाट शेयरधनीलाइ १९.००५५६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।