धितोपत्र बोर्डले सूचना प्रविधि नीति अन्तर्गतको आइसीटी अपरेसन म्यानुअल बनाइ लागू गरेको छ ।
बोर्डले धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास तथा विस्तारलार्ई व्यवस्थित एवम् सुशासित बनाउन बोर्डले नयाँ नीति लागू गरेको हो ।
नेपाल धितोपत्र बोर्डले सूचना प्रविधि नीति २०७६ अनुसार सूचना प्रविधिको बढ्दो प्रयोगलार्ई सुरक्षित एव भरपर्दो बनाइ समग्र बजारलार्ई पारदर्शी एवम् विश्वसनीय बनाउन म्यानुअल लागु गरेको जनाएको छ ।
धितोपत्र बजारमा उपयोग हुने सूचना प्रविधिलार्ई अन्तर्राष्ट्रिय सिद्धान्त तथा अभ्यास अनुकूल बनाउन समेत यसले मद्दत गर्ने बोर्डले जनाएको छ ।
बजारसम्बन्धी एकीकृत नीतिगत कानुनी, संस्थागत व्यवस्था तथा रणनीतिक उपाय अवलम्बन गर्नका लागि यो नीति प्रभावकारी भुमिका खेल्ने बोर्डको दाबी छ ।
बोर्डको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा बोर्डको सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका तर्जुमा गरी लागु गर्ने व्यवस्था अनुसार सो म्यानुअल बनाइ लागू गरेको बोर्डले जनाएको छ । सूचना प्रविधि नीतिमा उल्लेखित कार्यहरु सम्बन्धित पक्षहरूबाट कार्यान्वयन योजना बनाइ लागू गर्ने व्यवस्था गरिएको समेत बोर्डले जनाएको छ ।
बुधबारदेखि लागू भएको म्यानुअल सूचना प्रविधिसम्बन्धि संगठनात्मक व्यवस्था, तथ्यांक केन्द्र संचालन तथा व्यवस्थापन, सूचना प्रविधि सञ्जाल पूर्वाधारको व्यवस्था‚ सूचना प्रविधिसम्बन्धि अनुसन्धान तथा विकास बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रविधि उपकरणहरूको खरिद तथा विकास गर्दा आवश्यक प्राविधिक मूल्यांकन गर्नुपर्ने उल्लेख गरिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया