हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) का शेयरधनीको हात खाली हुने भएको छ ।
कम्पनी सञ्चालक समितिको पुस ८ गते बुधबार सम्पन्न २१५ औं बैठकले बिना लाभांश पुस २९ गते बिहान ११ बजे कम्पनीको कार्यालय हात्तिसारमा नवौं वार्षिक साधारण सभा बोलाएको हो ।
कोरोना संक्रमणका कारण शेयरधनीलाई भर्चुअल माध्यमबाट साधारण सभामा प्रतिनिधित्व गर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।
अघिल्लो आव २०७५/७६ बाट १० प्रतिशत बोनश शेयर र बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनीले गत आव २०७६/७७ बाट भने कुनैपनि लाभांश वितरण नगर्ने भएको हो ।
नवौं वार्षिक साधारण सभाबाट कम्पनीले कोरोना कोषमा वितरण गरेको ५० लाख सहयोग अनुमोदन गर्ने, सर्वसाधारणबाट कम्पनीमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको कोरोना संक्रमणको असर सहज भएपछि निर्वाचन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते शुक्रबार बुकक्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १६ गते बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया