नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशी सेवा आयात वापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउने भएको छ । जसका लागि केन्द्रीय बैंकको विदेशी विनीमय विभागले प्रस्ताव तयार पारेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत केन्द्रीय बैंकले अनलाइन मार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने घोषणा गरेको थियो।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले अनलाइनमार्फत विदेशबाट सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजनका लागि अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रााको प्रिपेड कार्ड जारी गर्न पाउनेछन् ।
विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति,फर्म, कम्पनी वा संस्थाको बेंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कार्ड जारी गर्दा प्रयोगकर्ताको केवाईसी अद्यावधीकगरी प्यान नं लिनुपर्नेछ ।
वाणिज्य बैंकहरुले कार्ड जारी गर्दाको दिनको विनीमयदरका आधारमा ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर ५ सय रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन् । त्यस्तो कार्ड जारी गर्दा विदेशबाट सेवा खरिदगर्दा लाग्ने कर अग्रिम रुपमा कट्टा गनुपर्ने व्यवस्था छ ।
प्रयोगकर्ताले यस्तो सुविधा एक वर्षमा एकपटक वा पटक पटक गरेर बढीमा अमेरिकी डलर ५ सय रुपैयाँ बराबरको विदेशी मुद्रा उपभोग गर्न पाउनेछन् । प्रयोगकर्ताले नेपालको कानुनले प्रतिबन्ध नलगाएका विदेशी सेवा नेपालमा बसी अनलाइन मार्फत खरिद गर्न सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया