नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश लिने नलिने निर्णय गर्ने आज अन्तिम दिन

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको कमाईबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले लाभांश लगायतका प्रस्ताव पारित गर्न साधारण सभा प्रयोजनार्थ पुस २२ गते बुकक्लोज गर्ने भएको छ । यसैले बैंकको प्रस्तावित लाभांश पाउन पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्। ।

बैंकको लाभांश लिन नचाहाने शेयरधनीले आज शेयर बिक्री गर्नुपर्नेछ भने शेयर नहुनेहरुले आजै शेयर खरिद गर्नुपर्नेछ ।

बैंकले माघ ८ गते, बिहीबार बिहान १० बजे आफ्नो केन्द्रिय कार्यालय, दरबारमार्गमा ३४ औँ वार्षिक साधारण सभा डाकेको छ।

बैंक सञ्चालक समितिको पुस ५ गते बिहान सम्पन्न ५४० औं बैठकले १३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५।५० प्रतिशत नगद लाभांश गरी कुल १८।५० प्रतितश लाभांश घोषणा गरेको हो।

अघिल्लो वर्ष बैंकले १०.५ बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

साथै, उक्त साधारण सभाले बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुमध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।