ओपो ए टुबेल ३ जीबी नयाँ मूल्यमा उपलब्ध

0
Shares

प्राविधिक ब्राण्ड ओपोले ओपो ए टुबेल ३ जीबीलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ ।

केही समय अगाडि मात्र सार्वजनिक गरेको उक्त फोन पहिला १८ हजार ५९० रुपैयाँ रहेको थियो । अहिले कम्पनीले उक्त स्मार्ट फोनको मूल्य १ हजार कटौती गरी १७ हजार ५९० रुपैयाँमा उपलब्ध गराएको हो ।

नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रङमा उपलब्ध छ । सन् २०२० को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ । यो फोनमा ४ हजार २३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

डिस्प्ले: यसमा ७२०×१५२० पिक्सेल्स सहितको ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी २७० पीपीआई रहेको छ । आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ । फोनको स्क्रिन टू बडी रेशियो ८९% छ ।

क्यामेरा:  यो फोनमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.० एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।