काठमाडौँ । गत साता घटेको सुनचाँदीको मूल्य यो साता भने सामान्य बढेको छ । पछिल्लो समय अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले प्राप्त गरेको सफलताले सुनको मूल्यमा उच्च गिरावट आएको थियो । लगातारको गिरावटपछि यो साता लागेसँगै सामान्य घटबढ भएको हो ।
यो साताको घटबढ गत साताको शुक्रबारको तुलनामा यो शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो शुक्रबार ७०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी साताको पहिलो कारोबार दिन आइतबार एकैदिन सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने सुनको मूल्यमा वृद्धि भएको थियो । सोमबार सुन तोलामा ४ हजार ८०० रुपैयाँले बढेसँगै प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार पनि सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो भने बुधबार एकैदिन सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार एकैदिन सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।
यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै सामान्य वृद्धि भएको छ । गत साताको शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबारसम्ममा ८५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको हो ।
साताको पहिलो कारोबार दिन आइतबार चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार तोलामा ३५ रुपैयाँले बढेर प्रतिोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार फेरी १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ४० रुपैयाँमा किनबेच भएको थियो ।
बिहीबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार भने चाँदी तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ३ हजार १९५ रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।
