नेपाल धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई बुक बिल्डिङ्ग विधिमा योग्य संस्थागत लगानीकर्ताको स्वीकृति दिएको छ । बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति लिन निवेदन दिएका ६२ संस्थाहरुमध्ये ४६ संस्थालाई स्वीकृति दिएको हो।
बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको र वास्तविक क्षेत्रका केही कम्पनीहरुले यस विधिमार्फत् धितोपत्रको सार्वजनिक निष्काशन गर्न तयारी समेत गरिरहेको सन्दर्भमा योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको प्रवक्ता निरज गिरीले जानकारी दिए ।
बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरणको अध्ययनको आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्काशनको मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत् धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा रहेको छ ।
बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताको विवरण ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया