पुनर्बीमा कम्पनीको सञ्चालक समिति सदस्यमा सुखचन्द्र झा नियुक्त

0
Shares

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा सुखचन्द्र झा नियुक्त भएका छन् ।

२०७७ पुस २२ गते बसेको मन्त्रीस्तरको निर्णयले सुखचन्द्र झालाई कम्पनीको संचालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

पुनर्बीमा कम्पनीको नियमावलीको नियम २७ (२)(क) तथा अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम कम्पनीको संचालक समिति सदस्यमा झालाई नियुक्त गरिएको कम्पनी सचिव विष्णु प्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

सोही मितिबाट रमेश लम्साललाई कम्पनीको संचालक समितिको सदस्यबाट अवकास दिईएको कम्पनी सचिव विष्णु प्रसाद उपाध्यायले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।