चन्द्रागिरी हिल्सको आईपीओमा रेकर्ड ब्रेक आवेदन, मंगलबार अन्तिम दिन

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा हालसम्मकै उच्च आवेदन परेको छ ।

कम्पनीको आईपीओ बिक्री बन्द हुन एक दिन बाँकी रहँदा नै साढे १० लाख बढीले आवेदन गरेका छन् । यो हालसम्म निष्कासन भएका आईओमा परेको उच्च आवेदन हो ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार कित्ता आईपीओ जारी गरेको थियो । गत शुक्रबारदेखि निष्काशन भएको आईपीओमा सोमबार साँझसम्म १० लाख ६३ हजार ८९३ वटा आवेदन परेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २ अर्ब १० करोड ५२ लाख ३२ ४४ हजार रुपैयाँ बराबरको २ करोड १० लाख ५२ हजार ३२० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १५ गुणा बढी हो ।

कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा पुस २८ गते हुनेछ । कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन्। चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।