नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित

0
Shares

नेपाल बैंक लिमिटेड ६१ औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा बुधबार सम्पन्न भएको छ।

सो अवसरमा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो।

सभाले हालको चुक्ता पूँजी रु.११ अर्ब २८ करोड २८ लाख २० हजार दुई सय रुपैयाँको ४ (चार) प्रतिशतका दरले हुन ४५ करोड १३ लाख १२ हजार आठ सय आठ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने एक अर्ब ३५ करोड ३९ लाख ३८ हजार चार सय २४ रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

साथै, बोनश सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी रु १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ।

साथै, साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर ज.ब.रा., विष्णुकुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओमकृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।